अनेमसंघ कोशी प्रदेशमा युवा महिला कमिटी गठन

काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले युवा महिला कमिटी गठन अभियान सुरु गरेको छ ।

सो क्रममा आइतबार कोशी प्रदेश युवा महिला कमिटी गठन भएको छ । वर्तमानलाई मात्र होइन भविष्यको लागि पनि संगठन निर्माण अभियानमा लाग्नुपर्छ भन्ने मान्यताका युवा महिला कमिटी गठन अभियान सुरु गरिएको संगठनले जनाएको छ ।

शुभेच्छा अधिकारीको अध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, पार्टी स्थायी कमिटी सदस्य एवं अनेमसंघ इन्चार्ज सिता पौडेल, उपाध्यक्ष शर्मिला कार्की, कोषाध्यक्ष इन्दिरा फुयाँल लगायतका को उपस्थितिमा कार्यक्रम भएको हो ।

कमिटीको अध्यक्षमा एलिजा सिटौला चुनिनु भएको छ । त्यस्तै उपाध्यक्ष र सचिवमा क्रमशः विनीता कार्की र पूजा रेग्मी छानिनु भएको छ ।

सहसचिवको जिम्मा रोजिना नेपालीले पाउँदा कोषाध्यक्षको जिम्मेवारी नमुना राईलाई दिएको छ । नयाँ निर्वाचित कमिटी २५ सदस्सीय छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।