प्रहरी र प्रधानाध्यापकहरु बिच समाजमा देखिएका सामाजिक समस्या न्युनिकरणबारे अन्तरक्रिया
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु सँग समाजमा देखिएका सामाजिक समस्या न्युनिकरणबारे अन्तरक्रिया गरेकाे छ ।
प्रहरी प्रमुख श्याम सिंह चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे वीच नगर क्षेत्रका प्रा.वि, नि.मा.वि र मा.वि विद्यालयकाे प्रधानाध्यापकहरु सँग लागू ओेेषध दूर्व्यसन,आत्माहत्या,सडक दूर्घट्ना तथा घरेलु हिंसा न्युनिकरणवारे छलफल भएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।
साथै जनमुखी सेवा प्रदान गर्ने लक्षका साथ प्रहरी कार्यलयले निकट भविष्यमा सञ्चालन गर्ने नागरिक सचेतनाकाे कार्यक्रमकाे विषयमा समेत छलफल गरिएकाे छ ।
