बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक, दुई भनेकोमा ४ बिद्यालय निल

हेटौँडा | मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको पाइएको हो।

पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले परीक्षा दिएको, ५२ जना उत्तीर्ण भएको र २ विद्यालय निल गएको उल्लेख गरिएको थियो। तर वास्तविक तथ्याङ्क अनुसार ४०३ विद्यार्थीले परीक्षा दिएको, ४६ जना मात्र उत्तीर्ण भएको र ४ विद्यालय निल गएको शिक्षा समन्वय इकाई हेटौंडाले जनाएको छ।

गाउँपालिकाभित्रका ११ विद्यालयमध्ये ४ वटा विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो तथ्यलाई लुकाएर पालिकाले २ विद्यालय मात्र निल गएको भनी झुटो जानकारी दिएको पाइएको छ।

बकैया गाउँपालिकाको शिक्षा शाखाका प्रमुख आइतराम तामाङले स्पष्टीकरण दिँदै भने, “कालिका माविमा गत वर्ष असफल भएका एक पूरक परीक्षार्थी यस पटक उत्तीर्ण भए पनि नियमिततर्फ भने एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको हो।”

उनका अनुसार, कालिका माविका प्रधानाध्यापकले कुल १७ जना मध्ये १६ जना नियमिततर्फ र १ जना पूरक परीक्षार्थी रहेको र पूरकतर्फका परीक्षार्थी मात्रै उत्तीर्ण भएको जानकारी गराए पनि विवरण तयार पार्नेले नबुझ्दा एकजना उत्तीर्ण भएको भन्ने भ्रम सिर्जना भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।