मोरङ र झापाबाट ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, असार २४ गते । मोरङ र झापाबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिउसो २ बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट भारतबाट नेपाल आउदै गरेका पैदल यात्री मोरङको सुन्दरहरैचा नगरपालिका ४ बस्ने २३ बर्षीय दिपेश चौधरी र सुनबर्षी नगरपालिका १ बस्ने २० बर्षीय लोकेन्द्र बहादुर खतिवडालाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर २.१८ ग्राम सहित पक्राउ गरिएको थियो ।

यसै गरी हिजो दिउसो ४ बजे झापा दमक नगरपालिका ४ कृष्ण मन्दिर स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ६ ग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका ७ का ३६ बर्षीय खगेन्द्र न्यौपानेलाई पक्राउ गरिएको छ ।

यसै गरी हिजो बेलुका साँढे ७ बजे झापाकै मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ६७० मिलिग्राम ब्राउन सुगर सहित झापा बुद्धशान्ति गाउँपालिका १ बस्ने २१ बर्षीय बिशाल श्रेष्ठ पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजानको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।