महेन्द्र मोरङ क्याम्पसको शैक्षिक सुधारका लागि परिषद्ले बुझायो सुझाव–पत्र

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव–पत्र बुझाएको छ । सोमबार परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव–पत्र बुझाएको हो ।

क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधारका लागि निम्न माग तथा सुझावहरू क्याम्पस प्रमुखलाई बुझाएको क्याम्पस संयोजक सरोज यादवले जानकारी दिए ।

व्यवस्थापन, शिक्षा, विज्ञान, कला संकायमा आन्तरिक परीक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीले भर्ने अध्ययन शुल्कको सदुपयोग गर्दै एउटा कक्षा कोठामा २ वटा फ्यान, प्रत्येक कक्षाकोठामा गुणस्तरीय प्रोजेक्टरको व्यवस्था, कक्षाकोठा तथा शौचालयको दैनिक रूपमा सरसफाई, पानी ट्याङ्गीको सरसफाई, शुद्ध पिउने पानी तथा क्याम्पस परिसरको नियमित सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने इकाइ समितिले माग गरेको छ ।

यसैगरी संकायअनुसारका पुस्तकालय कक्षको निर्माण गर्दै पुस्तकालयमा परिमार्जित पाठ्यक्रमअनुसारका पुस्तकहरूको उपलब्धता साथै थप सहज पहुँचका लागि इ–लाइब्रेरीको परिकल्पनालाई अगाडि बढाउँदै व्यवस्थित गर्नुपर्ने, छात्रवृत्ति वितरणमा भइरहेको दलीय भागवण्डा तथा नातावाद कृपावादको अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धाका आधारमा वैज्ञानिक मापदण्ड निर्माण गर्दै छात्रवृत्ति वितरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

विज्ञान प्रयोगशाला प्रभावकारी बनाउन, विज्ञान प्रदर्शनी तथा आविष्कार केन्द्र जस्ता विषयमा क्याम्पस प्रशासनको ध्यान जानुपर्ने, भर्ना, रजिष्ट्रेसन, प्रमाणपत्र, लब्धाङपत्र आदिको प्राप्तिको लागि अनलाइन पद्धतिको विकास गर्दै छिटो र तुरून्त प्रशासनिक सेवा सुविधा उपलब्ध हुने नीति एवं वातावरण निर्माण गर्नुपर्ने, प्रत्येक वर्ष क्याम्पसको आयव्यय विवरण सरल भाषामा सार्वजनिक गर्नुपर्ने परिषद्को माग छ ।

यस्तै विविएसको कक्षा सञ्चालन हुने भवनमा वर्षाको बेला पानि चुहिने समस्याको समाधान गर्नुपर्ने, विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आन्तरिक मूल्याङ्कन पद्धतिको विकास गर्न, प्रत्येक वर्ष शैक्षिक भ्रमण एवं संकाय अनुसार अध्ययन एवं अनुसन्धानका लागि अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने क्याम्पस प्रमुखलाई बुझाएको माग एवं सुझाव–पत्रमा उल्लेख गरिएको छ ।

यस्तै प्रत्येक ६–६ महिनामा प्राज्ञिक एवम् खोज तथा अनुसन्धानमूलक जर्नल प्रकाशित गरिनुपर्ने, क्याम्पसका भौतिक संरचना तोडफोड गर्ने, प्राध्यापक, विद्यार्थी तथा कर्मचारीमाथि दुव्र्यवहार जस्ता अमर्यादित एवं आपराधिक क्रियाकलापको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने, छात्रावासको सञ्चालनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहजताका लागि सोही अनुसारको भौतिक संरचना निर्माणका लागि पहल गर्न र फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहायताका लागि सहयता समिति तथा कोष निर्माण गर्नुपर्ने र सेनिटरी प्याडको उचित एवम् प्रभावकारी व्यवस्थापन गर्नुपर्ने परिषद् महेन्द्र मोरङ इकाइ समितिको माग छ ।

परिषद् महेन्द्र मोरङ इकाइले विगत लामो समयदेखि विद्यार्थीको हितका लागि विभिन्न प्रशिक्षण, अभियान तथा रचनात्मक गतिविधिको आयोजना गर्दै आइरहेको क्याम्पस संयोजक यादवले बताए । आफ्ना माग तथा सुझावहरूलाई क्याम्पसले सम्बोधन गर्ने विश्वास लिइएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।