मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ

मुगु । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका वडा नं. ०१ डोल्फु गाउँको २४ वटा घर र एउटा सार्वजनिक गुम्बा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा जेठ १२ गते राती बिष्णु बहादुर बुढा समेतका ७/८ जना अपरिचित व्यक्तिहरूको समुहले गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

उनीहरुले अन्दाजी सुन ३५ तोला, चाँदी ९९४.५ तोला, बुद्धको मुर्ति-२, रिणमोक्षको मुर्ति-१, मुगाको माला अं.९५ तोला, यार्सा, मोबाईल, नगद ५० लाख २५ हजार समेतका धनमालहरु लुटी  फरार रहेका व्यक्तिहरु मध्ये तीनजना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मुखमा मास्क लगाई हातहतियार सहित गाउँमा प्रवेश गरी गोली पड्काई केही स्थानीय मानिसहरूलाई कुटपिट समेत गरी डरत्रासमा पारी चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।