‘विवाद पुस्तान्तरण नगरौँ, यो असल अभ्यास होइन’

काठमाडौँ । विवाद पुन्तान्तरण गरेर, एक पुस्ताको मुद्दा अर्को पुस्तासम्म लैजाने प्रवृत्ति ठिक नभएको बताउँदै, काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले, विवाद जति छिटो समाधान गर्न सकियो, व्यक्ति, परिवार समाजलाई उत्ति नै लाभ हुने बताए ।

वडा नं. १ ले आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा बोल्दै उनले भने, ‘विवादलाई छिटो समाधान गर्ने कानुनी व्यवस्थाका बारेमा जानकारी दिन वडा वडामा न्यायिक संवाद कार्यक्रम सञ्चालन भइरहेका छन् ।’ त्यस क्रममा उनले भने, नागरिकका मर्का सुनुवाइ गर्न आगामी बर्ष हामी न्याय शिविर सञ्चालन गर्ने योजनामा छौँ । 

कार्यक्रममा बोल्दै महिला सञ्जालकी संयोजक रसला तण्डुकारले वडाबासीसँग भनिन्, ‘विवाद नगर्नु सबैभन्दा उत्तम हो । यदि कुनै कारणले विवाद भएर कहाँ जाउँ, कहाँ जाउँ ? कसलाई भनौ, कसलाई सुनाऔँ जस्तो भएको छ भने हाम्रामा आउनोस् । हामी तपाईहरुलाई विवाद समाधानमा सहजीकरण गर्नेछौँ ।’ 

वडामा लेनदेनसहित पारिवारिक विवाद आउने गरेको तण्डुकारले बताइन । 

कार्यक्रममा वडा सचिव सर्वज्ञराज पौडेलले भने, ‘क्षेत्राधिकारभित्रका सबै विवाद हामी मिलाउँछौँ । हामीले न्यायिक समितिमा विवाद पठाउनु पर्छ भन्ने सोचेकै छैनौँ । अदालत त परको कुरा ।’

कार्यक्रममा आफ्नो समस्या सुनाउँदै एक महिलाले भनिन्, ‘मेरो श्रीमान् घर परिवार कसैसँग पनि सन्तुष्ट हुनुहुन्छ । छोराछोरी पनि मन पराउनुहुन्न । मलाई पनि मन पराउनुहुन्न । हामी उहाँलाई गुमाउन चाहँदैनौँ । मलाई समाजको सहयोग चाहियो ।’ यस प्रकारका समस्या सहरमा बढ्दै गएको घटनाहरुले देखाउँछन् । 

यस्ता व्यक्तिगत समस्यालाई महिला सञ्जालको सम्पर्कमा गएर समाधान गर्न सकिने कार्यक्रममा सुझाव दिइएको थियो ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।