पर्यटक लोभ्याउदै महोत्तरीको पोखरी

बिशाल बस्ने/२६ असार, महोत्तरी  । वरपर कलात्मक रंगोरहण, भित्तामा थरीथरीका फूलका विरुवाहरु, गोलो वनाएर वनाइएको रेलिंङ्ग ।  महोत्तरीको पंचधुरा मन्दिर नजिकै  २४ सय स्क्वायर फिटमा वनाईएको  पोखरी आजकाल पर्यटन लोभ्याउने आकर्षक गनतव्य वनेको छ ।

दैनिक हजारौ मानिसहरुको  आवतजावत हुने बर्दिवासस्थित पंचधुरा मन्दिरमा दर्शन गर्नेको जति घुईचो हुन्छ त्यति नै फोटो खिचाउनेहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय भूमिगत पानीको सतह घटेपछि याँहा रहेको सदावहार सिमसार समेत मरुभूमि वन्ने अवस्था सिर्जना भईरहेको वेला  पानीलाई जम्मा गरेर सौन्दर्यकरण गर्ने उदेश्यले वनाईएको यो पोखरी धार्मिक पर्यटकका लागि आकर्षण वनेको हो ।

पर्यटन तथा सांस्कृतिक पर्वद्वन समिति बर्दिवासले लगभग ३० लाख लागतमा निर्माण गरेको  पोखरी मन्दिरमा दर्शन गर्न आउने  पर्यटकलाई  आकर्षक गर्ने थलो मात्र वनेको छैन पोखरी हेर्न आउने स्थानीयहरुलाई घुम्ने र समय विताउने उपयुक्त गन्तव्य समेत वनेको छ ।

‘धार्मिक तीर्थयात्री  र वनभोजका लागि बहुचर्चित यो ठाँउ अव्यवस्थित देखिन्थ्यो तर पोखरी निर्माणले याँहाको महत्वलाई थप उचाई थपेको छ ।’ स्थानीय सोम वहादुरले भने । ‘भएका ठाँउहरुलाई थप सौन्दर्यकरण गरे बर्दिवास नगर क्षेत्रका कंयौ ठाँउहरु यस्तै आकर्षक वन्न सक्छन ।’
छोटो समयमा नै निर्माण सम्पन्न गरिएको यो पोखरी दृश्यावलोकनका लागि सर्वाधिक रोजाई वनेपछि थप पर्वद्वन र संरचना निर्माणमा हौसाएको निर्माण समितिका अध्यक्ष तथा पर्यटन तथा संस्कृति पर्वद्वन समितिका सदस्य  बिष्णु थापाले वताए ।

मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर परिसरमा रहेको यो ठाँउ  पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेपछी  पुग्न सकिन्छ । सँगै जोडिएको मन्दिरको समेत आफ्नै प्राचिन इतिहास छ । अझ रोचक त जंग वहादुर राणा र याँहाको सम्बन्धको बिषयमा जहिल्यै चर्चा हुने गर्दछ ।

जंग वहादुर राणा सिकार खेल्न यो ठाँउमा गएको वेला सेतो वाघ देखेको र सिकार गर्न खोजेपछि उन्को मृत्युको कारण समेत यही वनेको स्थानीयहरु वताउछन । सोही सेतो बाघ देवी रहेको पनि सोहीवेलादेखि भन्ने गरिन्थ्यो यस्का साथै ३ मुखे र पाँच मुखे सर्पका कारण पनि पंचधुरा माई नाम रहन गएको किवद्वन्ती छ । यस्तो खालको सर्प अहिले पनि वेलावेलामा देखिने स्थानीयहरू वताउछन ।

धार्मिक र प्राचिन महत्व रहेको मन्दिर परिसरमा पोखरी लगायत अन्य संरचना निर्माण गरेर आकर्षक वनाए मानिसहरुको आवतजावत र प्रचारप्रसार हुन सक्ने र सोहीअनुसार आफुहरु लागीरहेको पर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले वताए । स्थानीय सरकारले धार्मिक, प्राचिन र पुरातात्त्विक महत्व वोकेका ठाँउहरुको पहिचान गरी थप पर्यटकीय पर्वद्वन गर्न योजना वनाईरहेको गौतमको भनाई छ ।

अझै मन्दिर क्षेत्रमा १३ बिघाभन्दा बढी क्षेत्रफल छ जस्लाई धार्मिक पर्यटकहरुलाई थप आकर्षित गर्न वालउधान, फनपार्क जस्ता परियोजनाहरुको परिकल्पना गर्न सकिने वताउदै स्थानीय सरकारको परिकल्पनामा आधारित दिर्घकालिन विकासमा ध्यान जान आवस्यक रहेको स्थानीयहरू वताउछन ।
 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।