झापाको दमकबाट प्रतिबन्धित लागूऔषध सहित दम्पत्ति पक्राउ

दमक । गएराति ९.३०बजे दमक नगरपालिका वडा नम्बर १ फाल्गुनन्द चौकमा डेरा गरी बस्ने इलाम महमाई नगरपालिका वडा नम्बर १ घर बताउने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूले कोठामा लागूऔषध ब्राउनसुगर लुकाई छिपाई बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गरेको थियो ।

त्यसक्रममा उनको कोठाबाट ४ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

लिम्बूसंगै उनकी श्रीमती चुलाचुली गाउँपालिका वडा नं – ५ बस्ने २४ वर्षीया सनिता राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।