सवारी ज्यान पेन्डीङ मुद्धाका फरार प्रतिवादी १९ बर्ष पछि पक्राउ

झापा, असार २७ गते । सवारी ज्यान पेन्डीङ मुद्धाका फरार रहेका प्रतिवादी १९ बर्ष पछी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचिनगर नगरपालिका ११ बस्ने ५४ बर्षीय बन काईलो भन्ने नर बहादुर भुजेल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले हिजो दिउसो ११ बजे घर वतनमानै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

मिति २०६२ साल फागुन ९ गते बिहान साँढे ७ बजे भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट सोही ट्याक्टरका सहचालक टेकेन्द्र लिम्बु (ताम्लिङ) सडकमा खस्दा सोही ट्याक्टरले किच्दा लिम्बुको घटनास्थलमानै मृत्यु भएको थियो ।

सोही घटनाबाट फरार रहेका ट्याक्टर चालक भुजेल १९ बर्ष पछी पक्राउ परेका हुन् । पक्राउ परेका भुजेलको हिजोनै सम्मानित जिल्ला अदालत झापाबाट म्याद थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖