पहिरोमा बेपत्ता गणपती डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक

सञ्जय मिश्रा, रौतहट । काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ।

काठमाडौं बाट गौर आईरहेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही  नगरपालिका १ करुनियाका  अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीनजना केविन बाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताएका छन ।

बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ। आधिकारिक स्रोतका अनुसार काठमाडौं बाट गौर तर्फ आउने यात्रुहरुमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजी को नामले टिकट काटिएको छ।

आज बिहान  साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।