सत्य कथामा आधारित ‘जीवन कथा’ सार्वजनिक गर्ने क्रममा क्यान्सर पीडितलाई सहयोग

काठमाडौं । वास्तविक जीवनमा आधारित ‘जीवन कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा क्यान्सर पीडित बाबु लामालाई आर्थिक सहयोग गरेका छन ।

कलाकार कान्छा तामाङको वास्तविक जीवनमा आधारित निर्माण गरिएको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा कलाकार भुईसल लामाको पति बाबु लामालाई ‘जीवन कथा’ निर्माण टिमले नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन ।

करिब ३५ मिनेट लामो म्युजिक भिडियोमा कलाकार कान्छा लामाले आफ्नो वास्तविक जीवनको भोगाईहरु गीत मार्फत सार्वजनिक गरेका छन् ।

सानैमा बुबा बेपत्ता भएपछि बाल्यकालमा भोगेको पीडा, विद्यार्थी जीवन र बाँच्नको लागि भारतसम्म पुगेर काम गरेको मजदुरी जिन्दगीलाई मार्मिक ढंगले भिडियोमा प्रस्तुत गरेका छन् ।

कान्छा तामाङको शब्द विश्व दोङको स्वर र संगीतमा गायिक सुमिना लोले साथ दिएकी छिन भने होइसाल लामा, कुइसाङ रुम्बा, सुस्मा मोक्तान लगायत दर्जनौं कलाकारहरुको अभिनय रहेको छ ।

म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा कलाकार कान्छा तामाङले पत्रकारहरुसंग बोल्दै गीत आफ्नो बास्तबिक जीवनमामा आधारित भएकोले भाग दुई,तिन सम्म पनि आउने बताए ।

साथै भिडियोको प्रमुख पात्र आमाको भूमिकामा देखिएकी होइसाल लामाको पति बाबू लामाको घाँटीमा क्यान्सर भइ उपचारका लागि आर्थिक समस्या भइरहेकोले आर्थिक सहयोगको लागि याचना समेत गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।