तेह्रथुमका कार्कीको दुवईमा रहस्यमय मृत्यु
कुमार खड्का,यासोक— तेह्रथुमको फेदाप गाउँपालिका स्थाई घर भई हाल झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ५ निवासी जंग बहादुर कार्कीको दुवईमा मृत्यु भएको छ। रोेजगारीको सिलशिलामा दुवई पुगेका जंग बहादुरको ज्यान गएको हो।
जंग बहादुरको रहस्यमय मृत्यु भएको र उनको हत्या भएको हुन सक्ने परिवारले आशंका गरेको छ। दोषीलाई कारवाहि गरि पिडितलाई क्षतिपुर्ति दिन पनि मृतक जंग बहादुरको परिवारको माग छ।
२०८० साल चैत १३ गते दुवई पुगेका जंग बहादुर दुई महिना सम्म सम्पर्कमा रहेको र जेष्ठ २४ गते देखि सम्पर्क बिहिन भएका थिए।
जंग बहादुरको परिवारले जिल्ला प्रशासन कार्यालय झापामा समेत निवेदन दिएको छ। जंग बहादुरको मृत्यु बारे छानबिन गरि दोषीलाई कडा भन्दा कारवाही गर्न माग गरिएको छ।
बैदेशिक स्वरोजगार बिभाग काठमाण्डौँबाट जंग बहादुरको मृत्यु भएको भनि फोन आएको साथै काठमाण्डौँ एयरलाईन्सको कर्मचारीले जंग बहादुरको शव लिन आउनु्भनि फोन आएका जंग बहादुरका भाई सुरेश कार्कीले बताएका छन।
जंग बहादुरका भाई सरेश कार्कीले दिएको निवेदनमा भनिएको छ ः दुवई पठाउने एसियन मेनपावर कम्पनी उर्लाबारीका संचालक केसब भट्राई, जंग बहादुरका रुप पार्टनर रन्जीत लामा, कृष्ण पाँचकोटी, सुजन राई समेतलाई झिकी छानबिन गर्न माग गरिएको छ।
त्यस्तै एसियन मेन पावर कम्पनी उर्लाबारीका संचालक केसब भट्राईलाई जंग बहादुरको अवस्थाको बारेमा बुभ्न फोन गर्दा उनले बेवस्था गरेको पनि परिवारको आरोप छ। ंजंग बहादुरका रुप पार्टनर रन्जीत लामा, कृष्ण पाँचकोटी, सुजन राईले समेत नेपालमा रहेको परिवालाई पटक, पटक फोन गरि बिभिन्न शंकास्पद कुरा गरेको परिवारले बताएको छ। जंग बहादुरको शव सनिवार नेपाल आईपुगेको पनि परिवारले बताएको छ।-पांचथर एफएम


