जिल्लाको मानव अधिकारको अवस्था बारे अन्तरक्रिया

बारा । मानव अधिकार एलाईन्स बाराले बारामा मानव अधिकारको अवस्था विषयमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्नो २५औँ स्थापना दिवसको अवसर पारेर बाराको निजगढमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । 

निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमका सहभागीहरुहले बारा जिल्लामा मानव अधिकार हननका घटना व्यापक रुपमा बढेको बताएका थिए । 

पछिलो समय जिल्ला सदरमुकामनजिकै भएको हत्याको घटना र अन्य हिंसाका घटना भएको आधारमा सहभागीहरुले जिल्लामा मानव अधिकार हननका घटना बढेको बताएका हुन । 

संविधान सभाका सदस्य एवंम नेकपा एमालेका केन्द्रीय सदस्य बलवीर चौधरीको विशेष उपस्थितिमा भएको सो कार्यक्रम नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । 

कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रीय सदस्य कृष्ण लामा, एमालेकी नेता टिना सुवेदीलगायतको उपस्थिति रहेको थियो । मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण श्रीराम साहले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तिर्थराज गौतमले गरेका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।