संचारग्रामबाट राजवंशी भाषाको समाचार प्रसारण आरम्भ

कुमोद अधिकारी र वावुराम मुडियारी/ विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपालको वहुभाषिक निति अनुरुप रेडियो नेपाल तारिणि प्रसाद कोइराला स्मृति संचारग्रामले महानगर एफएम विराटनगरवाट राजवंशी भाषा समाचार प्रसारण हुनुले भाषा सस्कृतिको विकासमा थप वल पुगेको वताउनु भएको छ ।

महानगर एफएम रेडियो विराटनगरवाट आजदेखी शुरु भएको राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ कार्यक्रमलाई संवोधन गर्नुहुदै उहाले संविधानमा उल्लेख भए अनुसार वहु सास्कृतिक वहु धार्मिक नितिलाई समावेशीकरण गर्दै राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाइ धन्यवाद दिनुभयो ।

स्थानिय भाषा, सस्कृति कला, साहित्य गित संगितको संरक्षण एंव सम्वर्धनगर्ने उदेश्य अनुरुप स्थापना भएको संचारग्रामले अन्य सेवा अतिरिक्त राजवंशी भाषा समाचार प्रसारणगर्नु खुशिको कुरा भएको उल्लेख गर्नुहुदै उहाले यस्ता खालका भाषा तथा कार्यक्रमलाई आगामी दिनमा अझ विकास एंव विस्तारगर्दै जानुपर्ने वताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका महानगर प्रमुख कोइरालाले तारिणी प्रसाद कोइरालाको जिवनीमा आधारित वृतचित्र प्रदर्शनी देखि स्थानिय भाषको गित संगित रेकर्डिङ गर्दै आएकोमा यस्ता कुरालाई जनसमुदाय समक्ष पु¥याउदै स्थानिय स्तरमा रोजगारी मुलुक कार्यक्रम संचालनगर्न संचारग्रामलाई महानगरले सघाउ पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई संवोधन गर्नुहुदै रेडियो नेपालका कार्यकारी निर्देशक एंव संचारग्राम संचालक समितिका अध्यक्ष वुद्धिवहादुर केसीले आगामी आर्थिकवर्षमा संचारग्राममा तारिणी प्रसाद कोइरालाको शालिक स्थापना गर्ने र संचारग्राम मार्फत मोवायल एप तथा वेभसाइट संचालनमा ल्याउने जानकारी गराउनुभयो ।

उहाले हाल सम्म नेपाल सरकारले संचारग्राम संचालनका लागि गरेको सहयोगको सरहना गर्नुहुदै संचारग्रामवाट इ–लाइवे्ररी ,रेडियो म्युजियम संचालन साथै गित संगित प्रशिक्षण तथा संचारकर्मीको क्षमता अभिवृद्धिगर्न र विभिन्न भाषाको गित संगित रेकर्डिङ प्रारम्भ भइसकेको जानकारी गराउनुभयो । आगामी दिनमा महानगरपालिकाको सहयोगमा उदेश्य अनुरुप संचारग्रामले थप क्रियाकलाप गर्दै जाने उहाको भनाई थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्राइले , संचारग्राम वाट राजवंशी भाषाको समाचार प्रसारण हुनु सवैका लागि खुशिको कुरा भएको उल्लेख गर्नुहुदै संचारकर्मीले लुकेका प्रतिभालाई उजागरगर्दै समाचार सम्प्रेषण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामका निर्देशक पुष्करराज गौतमले संचारग्रामले प्रदानगर्ने सेवा सुविधाको वारेमा जानकारी गराउदै संचारग्रामलाई दिर्घकालिन रुपमा अघि वढाउन थप सेवा विस्तारगर्न लागेको वताउनुभयो ।

कार्यक्रममा तारिणी प्रसाद कोइराला परिवारका सदस्य इन्दिरा कोइरालाले तारिणी प्रसाद कोइरालाले रेडियो प्रसारणमा पु¥याउनु भएको योगदानको चर्चा गर्नुहुदै आफनो परिवारको तर्फवाट संचारग्रामलाई सक्दो सहयोग गर्ने वताउनुभयो ।

नेपाल ट्रेडयुनियन कांग्रेसको पुर्व केन्द्रिय अध्यक्ष लक्ष्मणवहादुर वस्नेतले सवै जातिय समुदायलाई आफनो भाषाको अपनत्व महसुस गराउन सके समग्र मुलुकको विकास हुने धारणा राख्नुभयो ।
कार्यक्रममा संचारग्राम विराटनगरका प्रमुख वलाराम चौधरीले संचारग्राको उदेश्य माथी प्रकास पार्नु भएको थियो ।

नेकपा एमाले मोरङका अध्यक्ष वावुराम कार्की, राजवंशी समाज विकास समितिका विराटनगरका महासचिव चन्द्रप्रसाद राजवंशी तथा समितिका केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले भाषा साहित्यको विकासमा रेडियो नेपालको भुमिका महत्वपुण रहेको चर्चा गर्नुभयो
। कार्यक्रमको सहजिकरण संचारग्रामका वरिष्ठ कार्यक्रम सहायक वलराम दाहालले गर्नु भएको थियो ।

सो अवसर महानगरपालिकाका प्रमुख नागेश कोइराला र रेडियो नेपालको कार्यकारी निर्देशक वुद्धिवहादुर केसीले सयुक्त रुपमा शिलालेख अनावरण गर्नुहुर्दै राजवंशी भाषा समाचार प्रसारणको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा राजवंशी, मुडियारी, मधेशी थारु लगायत विभिन्न जातिय समुदाय तथा संघसंस्था प्रतिनिधिको सहभागिता थियो । आज देखि शुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउसो १ वजेर ४५ मिनेटमा प्रसारण हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।