सुनसरीको दुहबीबाट मोटरसाईकल सहित २५ किलो २४५ ग्राम गाँजा बरामद
सुनसरी । सुनसरीको दुहबी नगरपालिका १२ गेलाबारीबाट मोटरसाईकल सहित २५ किलो २४५ ग्राम गाँजा बरामद भएको छ ।
हिजो राती साँढे ९ बजे इलाका प्रहरी कार्यालय चिमडी र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले प्र१-०२-०५३प ८९६१ नम्बरको बेबारिसे मोटरसाईकल पछाडी बोरामा लोड गरिएको २५ किलो २४५ ग्राम गाँजा फेला पारेको थियो ।
मोटरसाईकल चालक सम्बन्धमा खोजतलास भईरहेको छ ।


