झापाको कनकाईमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु
झापा । झापाको कनकाईमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कनकाई नगरपालिका वडा नम्बर ४ कोटीहोमनजिकै पूर्वपश्चिम राजमार्गमा हिजो (सोमबार) साँझ ७ बजे पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १–०१ – ००१ ख २४२३ नम्बरको बस र पूर्व बाट पश्चिमतर्फ जाँदै गरेको को १९ प ६३८२ नम्बरको बुलेट मोटरसाइकल दुर्घटना हुँदा कमल गाँउपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुब्बाको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका बस चालक माई नगरपालिका ८ इलामका २२ वार्षिक सागर थुलुङ राईलाई पक्राउ गरि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।


