विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ ।

बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिन्छ ।

विराटनगरको पूर्वमा सिघिया र पश्चिममा केसलिया नदी भएका कारण स्थानीयले हरेक वर्ष बाढी र डुबानको समस्या झेल्दै आएका छन् । महानगरसित यसअघि रबरबोट मात्रै रहेको थियो । मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सजिलो भएको मेयर कोइराला भनाइ थियो । यसअघि बाढीमा फसेका नागरिकलाई उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो ।

परीक्षणपछि उपमेयर शिल्पा निराला कार्कीले बाढीको विपदमा परेका नागरिकलाई तत्कालै उद्धार गर्न सहज होस् भनेर मोटरबोट खरिद गरिएको बताउनुभयो । उहाँले महानगरले आवश्यक महसुस गरेर खरिद गरेको उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले काठमाडौंबाट खरिद गरेर ल्याइएको मोटरबोटको परीक्षण सफल भएको प्रतिक्रिया दिनुभयो । नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार खरिद गरेको कम्पनीले नगर प्रहरीलाई सञ्चालनको सम्पूर्ण जानकारी दिनेछ ।

त्यसपछि नगर प्रहरीले मोटरबोट आफैं जडान गर्ने र सञ्चालन गर्ने पौडेलले जानकारी दिनुभयो । नगर प्रहरीका ४ जनाले बाढी र डुबानमा परेका नागरिकको मोटरबोटबाट उद्धार गर्न विशेष तालिमसमेत लिइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।