वातावरण संरक्षणका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ बन्ने अवसर

काठमाडौं- इयूको सहयोगमा क्रिएसन नेपालले ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आह्वान गरेको छ। ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षणप्रति युवाहरूलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आह्वान गरिएको हो।

इयूको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको लक्ष्य र उद्देश्यहरू हासिल गर्न बृहत् युवा संलग्नतालाई प्रवर्द्धन गर्नका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ एक महत्वपूर्ण पहलको रुपमा सावित हुने क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले विश्वास व्यक्त गरे।

अध्यक्ष मिश्रले यस अभियान मार्फत बागमती, लुम्बिनी र मधेश प्रदेशसम्म परियोजनाको पहुँच विस्तार गर्दै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा युवा वर्गलाई सहभागी गराएर वातावरणप्रति सचेतना बढाउने लक्ष्य राखेको बताए।

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निमार्णका लागि योगदान पुर्‍याउन युवाहरुको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तिकरण र शिक्षित गर्नु रहेको बताए।

परियोजना सञ्चालिन बागमती, लुम्बिनी र मधेश प्रदेशबाट एक एक जना ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवालाई छनौट गरिने छ। ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट भएका युवाहरुलाई आ आफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन्।

‘ग्रीनसिफ्ट एम्बेस्डर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन्।

‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नीति र अभ्यासबीचको खाडललाई कम गर्न निर्णायक भूमिका निर्वाह गर्नेछन्। उनीहरुले दिगोपनका सिद्धान्तहरूलाई सुनिश्चित गर्दै प्रभावकारी रूपमा आफ्नो समुदायमा मूर्तकार्यहरूमा परिणत गर्नेछन्। ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नेतृत्वदायी भूमिका निर्वाह गर्दै वातावरणीय रूपमा जिम्मेवार नागरिकहरूको एक पुस्ता निमार्ण गरी सबैका लागि राम्रो, थप दिगो भविष्य सिर्जना गर्न प्रतिबद्ध हुनेछन्।

फारम भर्नका लागि  https://greenshiftnepal.org/ लगइन गरी विस्तृत जानकारी लिन सकिने बताइएको छ।

इयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमी, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सञ्चालन गरीरहेको छ। क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र युथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।