सेवाको गुणस्तर बढाउन काठमाडौँ महानगरले शुरु गर्यो सेवाग्राही सर्वेक्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजाको पहिलो तला (एकल सेवा केन्द्र भएको स्थान) मा सेवाग्राही सर्वेक्षण थालनी गरेको छ । गएको बर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका छन्  । 

सर्वेक्षणका विषयमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्छन्, ‘हामी महानगरपालिकामा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि वेञ्च मार्किङ गर्दैछौ । एकल सेवा केन्द्र सञ्चालनमा आइसकेपछिको सेवाप्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्नेछ । आगामी वर्ष यही समयमा यस्तै सर्वेक्षण गरेपछि नतिजा थाहा हुन्छ ।’ तुलनात्मक विवरणबाट मापन योग्य अवस्था प्राप्त हुने बताउँदै उहाँले, काम भएको देखिने तर सेवाग्राही सन्तुष्ट नहुने अवस्था नरहोस् भन्नका लागि सर्वेक्षण गरिएको धारणा राखे । 

सेवाग्राहीलाई फाराम भराउन सुरु गर्नुअघि सर्वेक्षणको तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, फारम भर्ने भराउने कार्यमा परिचालन हुने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण गरेका थिए । सर्वेक्षणका विविध पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नु पर्ने आचरण, व्यक्तिगत गोपनीयता र भरिसकेको फाराम व्यवस्थापनको विषय अभिमुखीकरणमा समेटिएका थिए ।  

सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् । यी प्रश्नहरुका वैकल्पिक उत्तर दिइएका छन् । सेवाग्राहीले यसरी दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा सही (Ö) चिन्ह लगाउनु पर्नेछ । फाराममा नाम थर लेख्नुपर्ने भए पनि फोन नम्बर अनिवार्य गरिएको छैन ।  

सर्वेक्षणका लागि २ जना इन्टर्नं विद्यार्थी र १ जना नगर प्रहरी खटाइएको छ । सर्वेक्षणमा सहभागी हुने सेवाग्राहीलाई ५ वटा मास्क प्रदान गरेर हार्दिकता प्रकट गरिन्छ । 

अन्य दिन १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्म भराइने सर्वेक्षण स्वेच्छिक हो । सेवाग्राहीले इच्छा गरे मात्र भर्न लगाइन्छ । यसमा कसैलाई फाराम भर्न कर लगाइँदैन । 

यसरी भराइएका फारामहरु हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा बुझाउने प्रबन्ध गरिएको छ । पहिलो चरणमा ५ सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुनेछ ।    

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।