धनकुटाको सहिदभूमिका एक जना सहित ४ जना परे पक्राउ

विराटनगर, साउन ०४ गते । मोरङ र सुनसरीको विभिन्न स्थानबाट हिजो बेलुका प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका-१५ सुडि टोल स्थितमा लागुऔषध गाँजाको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानिय ६८ बर्षीय रघुनाथ साह र विराटनगर -१३ का १९ बर्षीय आनन्द कोईरीलाई ५०० ग्राम गाँजा र नगद १० हजार ७ सय सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको विराटनगर-९ स्थितबाट प्र १-०२-०४७ प ४४६५ नम्बरको मोटरसाईकल चालक धनकुटाको सहिदभुमी गाउँपालिका-७ का ३८ बर्षीय जिवन राईलाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यसै गरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितबाट इटहरी उप-महानगरपालिका-१९ अमाह टोलका २८ बर्षीय रितेश चौधरीलाई २ ग्राम ब्राउनसुगर र NITRAZEPAM TABLET- २२ थान सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।