डा इवामुरा अस्पतालको लापरबाहीले विरामीको ज्यान गएको खुलासा

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालको लापरवाहीले एक जना विरामीको ज्यान गएको विषय खुलेको छ । मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान तथ्य खुलेको हो ।

जनाइए अनुसार भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन संचालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचार अस्पतालमा भएको थियो । असार २५ गतेबाट अस्पतालमा उपचार सुरु गरिएकी विरामीलाई पछि काठमाडौंको एक निजी अस्पतालमा रिफर गरिएको थियो । त्यहाँंबाट पुनः इवामुरामै फर्काएर उपचार गरिएको थियो । 

इवामुराले गलत उपचार गरेको र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुरयाई फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको आरोप आफन्तको छ । 

दुई बच्चाकी आमा सुनारको मृत्यु भए पश्चात् मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पीडित परिवारलाई ६ लाख रुपैया दिन र मृतकका २ बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन अस्पताल मन्जुर भएको थियो । गल्ती स्वीकार गरी सहमति भएको भनिए पनि त्यो विषय अहिले मात्रै खुलेको हो । सहमतिपछि परिवारले शव बुझेको थियो ।

अस्पताल व्यवस्थापक राजुमृगेन्द्र जोशीले डाक्टरको लापरबाहीले मृत्यु नभएको स्पष्ट पारे । उपचारका लागि अर्काे अस्पतालमा रिफर गरिएको तर खर्च अभाबमा आफनै अस्पतालमा ल्याएर उपचार भइरहेको उनले जनाए । 

केही समय अघि पनि आफै हिडेर सोही अस्पताल पुगेका भक्तपुर नगरपालिका वडा नं ७ की ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको पनि अस्पतालको लापरवाहीले मृत्यु भएको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।