मोरङ र झापाबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, साउन ०५ गते । मोरङ र झापाको विभिन्न स्थानबाट हिजो बेलुका प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

मोरङको सुनबर्सी नगरपालिका ६ बालुबारी स्थितमा लागुऔषध गाँजाको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानिय ३० बर्षीय मधुदेवी मेहतालाई ३ किलोग्राम ७९० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी झापाको मेचिनगर नगरपालिका ७ ईटाभट्टाचौक स्थितबाट मेचिनगर नगरपालिका ७ का २९ वर्षिय अमर रिमाललाई २ ग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।