सोलुखुम्बुमा पाहुना आएका भिनाजुलाई धारिलो हतियार प्रहार गरी हत्या
सोलुखुम्बु, साउन ६ गते । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ देविस्थान का ४५ बर्षीय पुर्ण बहादुर बस्नेतलाई धारिलो हतियार प्रहार गरी भिनाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनले हिजो साँझ ५ बजे आफ्नो घरमा पाहुना आएका भिनाजु ६० बर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
घटनाबारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थल सुरक्षाको लागि बिमानस्थल सुरक्षा गार्ड काँगेल र प्रहरी चौकी नेलेबाट प्रहरीको टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
