उर्लाबारीमा यसरी मृत भेटिए डाक्टर

उर्लाबारी । मोरङमा एक डाक्टर मृत फेला परेका छन् । उर्लाबारी-५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

कोठामा अचेत अवस्थामा भेटिएको यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै र बिहिबार बिहान कोठामै मृत भेटिए प्रहरी निरीक्षक दासले बताए ।

अहिले शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे राखिएको छ भने पोस्टमार्टमका लागि घोपा क्याम्प पठाउने तयारी भाइरहेको उनले बताए ।

यसैगरी, विराटनगरकाे हाेटलमा एक जना व्यक्ति मृत भेटिएका छन् । सुनसरीकाे इनरुवा नगरपालिका -६ घर भएका २८ वर्षीया राजिव फुयाल विराटनगर ११ नयाँ गुद्री अगाडिको हाेटलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖