धनकुटा, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
बिराटनगर, श्रावण ११ गते । मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको छ ।
हिजो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री भारत बिहारका २५ बर्षिय गौरव जैनलाई १.७४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-६ स्थितबाट मोरङ्ग पथरी शनिश्चरेका २१ बर्षीय मिलन तामाङलाई स्प्रासरेस्ट र ट्रामानिल १०२ ट्याव्लेट, गाँजा १०० ग्राम सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २४ बर्षीय केवस तामाङ् र २३ बर्षीय सुस्मा राईलाई ट्रामानोल ६०० ट्याव्लेट, क्यालिवान ६०० ट्यावलेट सहित इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


