मनोहरा खोलाले कटान गरेको ठाउँमा अस्थायी तटबन्ध, अवरुद्ध बाटो खुलाईयो

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले कटान गरेको ठाउँहरुमा अस्थायी तटबन्ध निर्माण गर्नुकोसाथै पहिरोले अबरुद्ध भएको सडक खुलाएको छ ।

मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलाले कटान गरेको डिप बोरिङ्गमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यस्तै मध्यपुरथिमी नगरपालिका–९ र काठमाडौंको कागेश्वरी नगरपालिका–७ को बीच भागमा रहेको मनोहरा पुल नजिकैको खाजा घरमा अविरल वर्षासँगै आएको बाढिले कटान गरेपछि जेसीबीको सहयोगमा सो ठाउँमा अस्थायी तटबन्ध निर्माण गरेको हो ।

त्यसैगरी मध्यपुरथिमी नगरपालिका–९ स्थित गणेश मन्दिर जाने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अवरुद्ध भएको सडक खुलाईएको हो ।
यसैगरी दिपज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र चाँगुनाराण नगरपालिका वडा नं. ३ झौखेलको संयुक्त आयोजनामा साउन १० गते बृक्षारोपण गरिएको छ ।

चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित वडा कार्यालयको परिषरमा गरिएको बृक्षारोपण कार्यक्रममा नं. २२ गुहेश्वरी गण दुवाकोटका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीलाई विपद् उद्धार तथा व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गरी वडा कार्यालयले सम्मानपत्र प्रदान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।