समाजसेवा कार्यमा क्लबको महत्वपूर्ण योगदान रहेको–मुख्यमन्त्री कार्की

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा  महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ।

लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित  पदस्थापना समारोहको उद्घाटन गर्दै उहाँले क्लबले युवाहरुको माध्यमबाट समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो ।

मुख्यमन्त्री कार्कीले ‘राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप मिलोस भन्ने शुभकामना दिनु भयो ’ ।

उहाँले समाजमा लागु पदार्थ  दुर्ब्यसन्को  विकराल समस्या  भएकोमा चिन्ता व्यक्त्त गर्दै यस कार्यबाट उनीहरुलाई मुक्त गर्न  क्लवले काम गर्नु पर्ने बताउनु भयो । 

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशसित  एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामीसबै लाग्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले  ‘हरेक मानिसलाई आफ्नो , परिवार,समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने दायित्व वुझाउनु  आवश्यक रहेको विचार राख्नु भयो ’। 

सो अवसरमा सन् २०२४÷२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो ।

सेन्टरले विगत २९ बर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरीवलाई न्यानो कपडा वितरण, वाढी पीडितलाई सहयोग उपलव्ध गर्दै समाजसेबामा लागेको निवर्तमान अध्यक्ष बिमल नेपालले बताउनुभयो । कार्यक्रम लायन्सका गभर्नर बिकास अधिकारीले लायन्सका विविध विषयमा चर्चा गर्नुभएको थियोे ि

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।