सांगुरीगढीका दुई जना १ सय १६ केजी गाँजा सहित ईनरुवाबाट परे पक्राउ

सुनसरी । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–९ बबिया चोकबाट साउन १३ गते सशस्त्र प्रहरीले करीव १ सय १६ के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा जिल्लाको साघुँरीगढी गाउँपालिका–१ बुढीमोरङ्ग बस्ने ३२ वर्षीय राम कुमार राई र २२ वर्षीय बुद्ध लिम्बु छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नंं. ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा सो गणबाट खटिएको सुरक्षा फौजले धनकुटाबाट प्रदेश नं. १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरेका दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।