मोरङ र झापामा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाईते

विराटनगर, साउन १४ गते । मोरङ र झापा जिल्लाहरुको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

हिजो साँझ मोरङको उर्लावारी नगरपालिका-९ स्थितमा मे ९ प ५५७५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक दमक नगरपालिका-१० का २२ बर्षीय रोशन भट्टराई र पछाडि सवार २२ बर्षीय धनराज रिजाल घाईते भई उपचारको लागि अरनीको अस्पताल उर्लावारी लगेकोमा अस्पताल पुर्याउनासाथ धनराज रिजालको मृत्यु भएको हो भने घाईते चालकको सोही अस्पतालमा उपचार भईरहेको छ ।

यसैगरी झापाको झापा गाउँपालिका-३ स्थितमा हिजो दिउँसो प्रदेश १-०१-०१६-१६१२ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक स्थानिय ५४ बर्षीय निजामुदिन मियालाई विर्तासिटि अस्पताल विर्तामोड पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए भने पछाडी सवार उनका १४ बर्षीय छोराको सोही अस्पतालमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुले थप अनुसन्धान गरी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖