झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, साउन १४ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टबाट खटिएको प्रहरीको टोलीले मेचीनगर-७ का २८ बर्षीय झक बहादुर खड्का र ३० बर्षीय खडग बहादुर दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने हिजो राती बुद्वशान्ति गाँउपालिका- ४ स्थितबाट स्थानिय २५ बर्षीय सम्बर राई र २३ बर्षीय सुरेन्द्र राईलाई १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी पुलबाट प्रदेश १-०२-०४९ प १२५१ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र -२ का २९ बर्षीय मिलन तामाङलाई प्रतिबन्धित औषधी स्पासरेस्ट ५०० पिस ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ भने कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (PIT) र प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-६ स्थितमा प्र.१-०२-०५३ प ७२०७ नम्बरको मोटरसाईकलमा रहेको ३ वटा झोला चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधी ट्रमाडोल २९ हजार ६४० चक्की बरामद गरेको छ ।

प्रतिवन्धित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।