गोलबजार नगरपालिकाले असारको मिति राखेर साउनमा तालिम गरेको खुलासा

मुकेश कुमार यादव / सिरहा, १४ साउन। सिरहाको गोलबजार नगरपालिकाले ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम नै अवैधानिक ढङ्गले गरेको पाईएको छ। नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रममा सहभागीहनु नै पालिको वेतिथी उदाङ्गो भएको देखिन्छ।

गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उप–प्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर मध्ये साउनमा कार्यक्रमको उद्घाटन गरेको छ। उपमेयर साहले कर्यक्रमको उद्घाटन गर्नु, पालिकाको १३ वटै वडाका वडाअध्यक्षहरु कार्यक्रम सहभागीहुनु र सबैको आँखा अगाडीनै कार्यक्रमको मिति एक महिना अगाडीको राख्नुले नै नगरमा बेथितीको चरम उत्कर्ष पार गरेको स्थानियहरु बताउँछन्।

गोलबजार नगरपालिको आर्थिक सहयोग, सामुदायिक महिला विकास केन्द्र, सिरहा २ को आयोजना र सामाजिक वातावरण विकास केन्द्र अर्नमा ५ कोे समन्वयमा नियम विपरित अभिमुखिकरण कार्यक्रम संचालन भईरहेका पाइएकोे छ।

न्यायिक समितिको अगुवाईमा भईरहेको कार्यक्रममा नगरपालिकाका १३ वटै वडा र मेल मिलापकर्ताहरुलाई अहिले आएर तालिम दिएको खुलेको छ। असारमै सक्नु पर्ने कार्यक्रम साउनको १३ गते देखि १६ गतेसम्म हुने नगर उपप्रमुख मानती साहले जानकारी दिए। 

तालिम अहिले भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गतेसम्मको समय राखिएको छ। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट जसरी पनि पचाउनु पर्छ भन्ने मनासायले अहिले कार्यक्रम गरिरहेको वडाअध्यक्षहरु नै बताउँछन्। 

कार्यक्रममा सहभागी वडा नम्वर ३ का वडा अध्यक्ष धनप्रसाद लामाले यो के भईरहेको छ? भन्ने प्रश्नमा उनले व्यानरले बोलि सकेको छ, स्थानीय जनप्रतिनिधी र वडा स्तरीय मेलमिलाप सदस्यहरुलाई क्षमता विकासको लागि तालिम राखेको हो। हामीलाई अहिले प्रशिक्षकले विषय बस्तु पनि हद म्यादकै बारेमा जानकारी गराई रहनु भएछ। उनले ठट्यौलि पारामा सोही अनुसार यो कार्यक्र सकाउन ३५ दिनको म्याद थप गरीएको हो की, त्यहि हदम्याद भित्र काईक्रम भईरहेको छ।’

नगर प्रवक्ता समेत रहेका वडा नम्वर ६ का वडा अध्यक्ष संजित कुमार लामाले भने आफू बाहिर रहेकाले या कार्यक्रको बारेमा जनाकारी भएन। आफू भर्खरै कार्यक्रममा आएकोले यस विषयमा केही जानकारी नै नभएको बताए।’ 

जन प्रतिनिधीहरुकै अगाडी यसरी पुरानो मितिमा कार्यक्रम भईरहेको छ, यो कति जायज हो? भन्ने प्रश्नमा वडा नम्वर ९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले भने, ‘प्राविधिक त्रुटि होला के होला हामीलाई थाहा भएन, हामी तालिम लिन आएको छौं। व्यानरको डेट अनुसार मिलेको छैन। केही प्राविधि कारणवस ढिलो भएको हुन सक्छ।’

अव यो कार्यक्रमको भुक्तानी कसरी हुन्छ? भनी पुनः प्रश्न गर्दा वडा अध्यक्ष सिंहले ‘नगर पालिकाको एउटा भुक्तानी गर्ने प्रकृया  १८ नम्वर हुन्छ। त्यहि भरेर भुक्तानी दिने हो।’ तर, उनी आफैले १८ नम्वर भर्नको लागिपनि काम तोकिएको समयमा सक्नु पर्ने प्रावधान रहेको स्वीकार गर्छन्।’ 

यस कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, जिन्सी शाखाका प्रमुख निरञ्जन शाक्य र सम्वन्धित शाखाका अधिकारी नानीमैया खपाङ्गीले आफूहरुलाई कार्यक्रमको विषयमा कुनै जानकारी नभएको बताए। 

उनीहरुले आफूहरुलाई कार्यक्रमको विषयमा कुनै जानकारी छैन। कसले कसरी गराई रहेको छ। हामीले बुझेका छैनौं। 

‘वास्तवमा भन्ने हो भने असारमै सक्नु पर्ने कार्यक्रम हो। वडा अध्यक्षहरुको वेस्तताको कारण हामीले असारमा काम गर्न सकेनौ’ उपमेयर मान्ती साहले भने, ‘वडा अध्यक्षहरुको वेस्तताका कारण हामीले साउनको १३ देखि १६ गतेसम्म कार्यक्रम सञ्चालन गराइरहेका छौं।’ 

गत आर्थिक वर्षको योजना अहिले गर्न मिल्छ ? भन्ने प्रश्नमा उपमेयर साहले भने, ‘गर्न मिल्छ होला, अहिलेसम्म हाम्रो १८ नम्वर भर्ने कार्यपालिको बैठक बसेको छैन। वस्दा त्यसमा पेश गर्न मिल्छ होला भन्ने लागेर कार्यक्रम गराईरहेका छौं।

आन्तरीक सहमति अनुसार गोलबजार नगरपालिको लक्षित वर्गको सम्पूर्ण कार्यक्रम उपमेयर मानती साहले जिम्मा पाएको छ। उनले आर्थिक सेटिङ्गमा विभिन्न संघसंस्थालाई कामको जिम्मा दिएको स्रोेतले जानकारी दिएको छ। लक्षति वर्गको कार्यक्रमको लागि पालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख बजेट विनियोजन गरेको थियो। उपमेयर साहले विना वार्गेनिङ एउटापनि कार्यक्रम नगर्ने गरेको स्रोतको दावी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।