स्थानीयको सहमति विना अख्तियारले जग्गा अधिग्रहण गर्न खोजेको प्रयास असफल

विशाल बस्नेत/ महोत्तरी  । स्थानिय सरकारको स्वामित्वमा रहेको ६ कठ्ठा जग्गा महोत्तरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिग्रहण प्रयास असफल भएको छ ।

बर्दिवासस्थित गौरिडाडामा रहेको सार्वजनिक जग्गा भित्र-भित्रै नाप-नक्सा गरि कर्मचारी आवास प्रयोजनको लागि आयोगको स्वामित्वमा ल्याउने प्रयासलाई स्थानियहरुले असफल वनाएका हुन ।

यसअघि भवन तथा कार्यालय निर्माणार्थ १३ कठ्ठा जमिन आयोगलाई हस्तान्तरण गरेको बर्दिवासले थप जमिन दिन नसकिने र उक्त जग्गा सामुदायिक हितको लागि प्रयोग गर्न पाउनुपर्ने स्थानियहरुले अडान राखेका थिए  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले २०८१ साल असार -५ गते  उक्त खाली जग्गा नापनक्सा गरिदिन जग्गा सिफारिस समितिलाई पत्राचार गरेअनुसार सिफारिस समितिको असार-१२ गतेको बैठकले नापनक्सा गर्ने निर्णय गरेको थियो ।

आन्दोलनको पक्षमा उभिएका वडा नं.३ का वडा अध्यक्ष विराट बिष्टले जनभावनाविपरित एक कदम पनि अगाडि बढन नसक्ने वताउदै सोहीअनुसार आफुहरु समेत जनताको पक्षमा उभिएको वताए ।

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री जनताको पक्षमा भएको दावी गरेतापनी दैद्व चरित्रमा देखिएको वताउदै उन्लाई समेत जनभावनाको पक्षमा जवर्जस्त उभ्याएको अध्यक्ष बिष्टको भनाई छ ।

यता नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले समेत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त जग्गा दिन नसकिने वताउदै अन्य विकल्प प्रस्तुत गरेका छन ।

विकल्पकोरुपमा अख्तियारको कार्यालयको दक्षिणतर्फ विधि विज्ञान प्रयोगशालाको छेउको नै जग्गा उपलब्ध गराउन सकिने २७ साउनमा मालपोत कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।
स्थानियस्तरवाट चर्को जनदवाव सिर्जना भएपछी आयोग समेत विकल्पको पक्षमा उभिएको छ । विकल्पकोरुपमा प्रस्तुत गरेको उक्त जग्गाको सोमबार  अनुगमन  भएको छ । मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज यादवले आइतबार आयोग प्रमुखलाई टेलिफोन सम्पर्क गरि उक्त जग्गामा जवर्जस्त गर्न नमिल्ने वताएका थिए ।

`हाम्रा थुप्रै वैकल्पिक जग्गाहरु छन । यो विषयमा मन्त्रालयमा पनि कुरा भैइसकेको छ । विकल्पकोरुपमा प्रस्तुत गरेको जग्गामा तपाईहरु सहमत हुनुपर्छ ।´ मन्त्री यादवले भनेको कुरा उदृढ गर्दै वडा अध्यक्ष बिष्टले भने । `सवैको साथ सहयोगको लागि हार्दिक धन्यवाद ।´

उधोग बाणिज्य संघ, नगर पत्रकार संजाल, स्थानिय संघ, संस्थाहरु र राजनीति दलहरुले समेत जग्गा दिन नहुने पक्षमा उभिएका थिए ।

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।