सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, साउन ३० गते । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० बर्षीया राजमिका राईको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेसँगै ईटहरी उप-महानगरपालिका-१७ का २० बर्षीय अब्बास मिया र २८ बर्षीय मो.सफरुद्दीनलाई समेत नियन्त्रणमा लिएको हो ।

त्यसैगरी प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००३ प ७०७० नम्बरको मोटरसाईकलबाट लुकाई छिपाई ल्याउदै गरेको ८ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक बेलका नगरपालिका-९ का २४ बर्षीय प्रबिन राई र मोटरसाईकलमा पछाडी सवार बेलका -७ का २१ बर्षीय रोशन राईलाई बेलका -१ बाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।