सामुदायिक भवन निर्माणार्थ महायज्ञवाट २ करोड संकलन

बिशाल बस्नेत/३० साउन, महोत्तरी । हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखि आयोजना भएको शिव पुराण माहायज्ञको मंगलवार समापन गरिएको छ ।

महोत्तरीको बर्दिवासमा वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका तथा वेसहाराहरुको उद्दार तथा व्यवस्थापन गर्ने उदेश्यले भवन निर्माणार्थ आयोजना भएको माहायज्ञ मंगलवार  समापन गरिएको हो ।

कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिवास कै वडा-२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् । उक्त भवन शिलान्यास वुधवार नै गरिने मुल आयोजक समितिले जनाएको छ ।

देशैभरिवाट आएका मानिसहरुले गरेको दानवाट माहायज्ञमा २ करोड ४ लाख १ सय ८६ रुपैया संकलन भएको मूल आयोजक समितिका प्रबक्ता चेत कुमार थापाले जानकारी दिए ।

१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएतापनि उक्त माहायज्ञको अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान संकलन भएको  माहायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमको भनाई छ ।

संकलित रकमले पारम्भिक कार्यहरु अगाडी वढाउने वताउदै २ बर्षभित्र भवन निर्माण कार्य सम्पन्न गरी उदेश्य कार्यान्वयनमा औपचारिकरुपमा अगाडी बढने र सडक मानवरहित अभियान चलाउने संयोजक गौतमले वताए ।

२१ गतेदेखि सुरु भएको हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका थिए । राज्यले गर्नुपर्ने काम नागरिकस्तरवाट नै अग्रसरता देखाएको वताउदै सहभागी जनप्रतिनिधिहरुले निर्माणका क्रममा सिर्जना हुने हरेक अभावहरुको परिपूर्ति गर्न लागिपर्ने प्रतिवद्वता जनाएका छन ।

संघिय संसद लक्ष्मी महतो कोइरीले संसद विकास कोषवाट १ करोड र मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोजले ३० लाख मन्त्रालयवाट विनियोजन गर्ने पनि प्रतिवद्वता जनाएका छन ।

यही क्रममा शनिवार वेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने वताएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।