सुनसरी र झापाबाट प्रतिबन्धित लागुऔषध सहित ९ जना पक्राउ

विराटनगर, कात्तिक ०४ गते । सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ९ जनालई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका-६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका-४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको धरान उप-महानगर-१७ शान्ति टोल स्थित आफ्नै घरबाट लागुऔषध बिक्री बितरण गर्ने २९ बर्षीया सोफिया तामाङ र धरान-१४ का ४२ बर्षीय कमल कार्कीलाई अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले ५६० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित कात्तिक ३ गते साँझ नियन्त्रणमा लिएको हो भने कात्तिक ३ गते राती धरान -८ भोटेपुल स्थितबाट ४० बर्षीय विनोद राईको घरमा ५६ बर्षीय राजेश क्षेत्री र २६ बर्षीय रोहित विश्वकर्मालाई वडा प्रहरी कार्यलय धरानको प्रहरी टोलीले ५ सय ७० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीको पिकेट टोलीले कात्तिक ३ गते अपरान्ह शंकास्पद अवस्थामा हिडीरहेका अर्जुनधारा नगरपालिका -११ का १९ बर्षीय उमेश चौधरी र पाँचथरका १९ बर्षीय बिवस मगरको साथबाट लागुऔषध ट्रामाडोल ९० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको हो । यसका साथै लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले कात्तिक ३ गते राती साढे ९ बजे मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट काभ्रेपलान्चोकका २६ बर्षीय होम कुमार मैनालीलाई १३ ग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।