सुनसरीको वराहक्षेत्रमा कार दुर्घटना,एकै परिवारका चार जना घाइते
सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ को झण्डी चौक अगाडि करम खोला छेउमा कार दुर्घटना भएको छ।
बागमती प्रदेश ०१-०२७ च ६०६९ नम्बरको क्रेटा सेतो कार चिप्लिएर घर को ट्वाइलेटमा ठोक्किएर उत्तानो परेको छ।
कारमा सवार एकै परिवारका ४ जना घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक छ ।
घाइते ४ जनालाई उपचारको लागि वि पी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।


