ताप्लेजुङको पाथीभराबाट अवैध मदिरा बोकेको सवारी साधन नियन्त्रण

ताप्लेजुङ, कार्तिक ६ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे. १ च ४२१४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो ।

वरामद भएको अवैध मदिरा, मदिरा ओसार पसारमा संलग्न बुद्धशान्ती गाउँपालिका- ३ का महेन्द्र बर्देवा, सवारी साधन र चालक बुद्धशान्ती-३ का सनम राई समेतलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।