सार्बजनिक स्थान र फुटपाथमा फोहोर फ्यालेपछि….

विराटनगर । व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

विराटनगर–११ नयाँगुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले विराटनगर–६ का मनोज सहनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

सहनी नयाँगद्रीमा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ठेला चालकलाई भने सम्झाएर छाडिदिएको सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए । वडा सदस्य बलराम कारञ्जितले दिएको सूचनाका आधारमा महानगरको टोलीले फोहोर फ्याल्ने व्यक्तिलाई रंगेहात नियन्त्रणमा लिएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए ।

गुद्रीका व्यवसायीहरुले नयाँगुद्री दक्षिणस्थित खाली जमिन र फुटपाथमा फोहोर फ्याल्ने गरेको भन्दै स्थानीयले समेत महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । स्थानीयको गुनासोपछि महानगरको टोलीले विशेष निगरानी बढाएको थियो । वडा सदस्य कारञ्जितले फोहोर फ्यालिरहेको देखेपछि तत्कालै महानगरको टोलीलाई खबर गरेका थिए । खबर पाउने बित्तिकै महानगरको टोली पुगेर ठेलासहित चालकलाई नियन्त्रणमा लिएको थियो ।

ठेला चालकको बयानपछि सहनीलाई महानगरको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको सरसफाई शाखाका किरण न्यौपानेको भनाइ छ । सार्वजनिकस्थलहरुमा फोहोर फ्याल्ने कार्यलाई निरुत्साहित गरी विराटनगरलाई सफा र सुन्दर बनाउन महानगरले विभिन्न ठाउँमा सिसी क्यामेरामार्फत पनि निगरानी गर्ने गरेको छ ।

सिसी क्यामेराको मद्दतबाट फोहोर फ्याल्नेलाई कारबाही प्रक्रियामा समेत ल्याइएको दाहालले बताए । दाहालका अनुसार सार्वजनिकस्थमा फोहोर फ्याल्नेलाई पहिलोपटक ५ देखि २५ हजार र दोस्रोपटक पनि फोहोर फ्यालेको भेटिए २५ हजारभन्दा माथि जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।