मगर र माझी दिवसलाई सार्वजनिक विदा दिने निर्णय

विशाल बस्नेत/ महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले मगर दिवस र माझी दिवसको अवसरमा नगरभरी सार्वजनिक विदा दिने भएको छ ।

नगर कार्यापालिकाको मंगलबार वसेको वैठकले १५ गते मगर दिवस र २० गते माझी दिवसको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । मगर र माझीहरुको भावनाको कदर गर्दै नगरले पहिलोपटक विदा दिने परम्पराको सुरुवात गरेको नगर प्रवक्ता विजय महतोले जानकारी दिए ।

नगरको यो निर्णयप्रती मगर र माझी समुदायले खुसी व्यक्त गरेका छन । जातिय स-अस्तित्वलाई नगरले आत्मासाथ गरेको भन्दै समुदायहरुले नगरको यो निर्णयले आफुहरुको आत्मसम्मान पाएको महसुस भएको प्रतिक्रिया दिए ।

पुर्व वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले बर्दिवासको पाठयक्रममा समावेश गरिएको त्रुटिलाई भने सच्याउन माग गरेका छन । `मगर दिवसमा विदा दिने विषयले खुसी लागेको छ तर बर्दिवास ज्ञानमालामा केही त्रुटि छ त्यसलाई भने सच्याईओस ।´ मगरले भने । `यस्लाई देशैभरीवाट सिक्न सक्नुपर्छ ।´

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो । 

मगरहरुले स्थापना दिवसमा भेषभुषाको झाँकीसहित बृहत र्‍याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम गर्दै आएका छन  । आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको २०७८ सालको जनगणनामा उल्लेख छ ।

यसअघि तन्हु जिल्लाका स्थानिय पालिकाहरुले पनि उक्त दिन सार्वजनिक विदा दिएका थिए ।

त्यस्तै माझी समुदायको प्रमुख चाड लदि पुजा हरेक बर्षको फाल्गुन -२० गते पर्दछ । यसैलाई बर्दिवास नगरपालिकाले महत्वपूर्ण दिवसकोरुपमा सार्वजनिक दिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा एक लाख ११ हजार ३५२ माझीहरूको जनसंख्या रहेको छ । तराईमा रहने माझीहरूले कुश्वार लेख्ने हुनाले यो संख्या अरू धेरै हुन सक्ने अनुमान गरिएको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।