पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध

सञ्जय मिश्रा /रौतहट । सारक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्लास्थित एक माध्यामिक विद्यालयमा पठन-पाठन अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन्।

कटहरियाका पूर्वशिक्षकदवय लक्ष्मीनारायण यादव र रामाश्रेप्रसाद यादवले कटहरियास्थित श्रीजनता माध्यामिक विद्यालयको कक्षा ११ को पढाइ बन्द गरी करीब दुई घन्टा धार्मिक प्रवचन दिएका थिए।

पूर्वशिक्षक यादवद्वयले यौनकाण्डलगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका राम पालको बारेमा लगातार कक्षा कोठाभित्र प्रवचन दिएका थिए।

उनको प्रवचनको कारण मंगलबार अंग्रेजी र लेखा विषयको पढाइ हुन नसकेको कक्षा ११ मा अध्ययनरत् एक जना विद्यार्थीले बताएका छन्।

यादवद्वयले मंगलबार कक्षा ११ बुधबार कक्षा १२ लगायतको कक्षामा प्रवचन दिने कार्यक्रम रहेको बताएपछि कक्षा ११ का दुई जना विद्यार्थी इलाका प्रहरी कार्यालय कटहरियामा गएर गुनासो गरेका थिए। 

सई मुकेशकुमार सिंहलाई भेटेर विद्यार्थीले सो बारे जानकारी गराएपछि सिंहले मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवलाई इलाका प्रहरी कार्यालयमा बोलाएर गुनासो बारेकुरा राखेका थिए।

प्रधानाध्यापक यादवले कक्षा ११ मा पढाउने एक जना शिक्षकलाई फोन गरी सम्पूर्ण जानकारी लिएर यस्तो गतिविधिबारे आफूलाई पहिलेदेखि कुनै सूचना नरहेको बताएका थिए।

अब यस प्रकारको कुनै गतिविधि विद्यालय अथवा कक्षा कोठाभित्र कसैलाई गर्न नदिन सम्पूर्ण शिक्षकलाई उनले सई सिंहको रोहवरमा निर्देशन दिएका थिए।

पछिल्लो समय रौतहटमा अवकाश प्राप्त केही शिक्षकहरू राम पालको अनुवाई बनेर विभिन्न विद्यालयको कक्षा कोठाभित्र प्रवेश गरी पढाइ बन्द गरेर प्रवचन दिने गरेको गुनासो बढ्दै गएको छ।

प्रवचनकर्ता अवकाश प्राप्त शिक्षकहरू अग्रज पाको उमेरका मानिस भएको कारणले विद्यालय प्रशासन मौन रहने गरेको कारण विद्यार्थीको पढाइमा असर परिरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।