एसपी घिमिरेको निर्देशनले रौतहटबासीलाई राहत, लेखापढीलाई बुझाउनु पर्ने लाखौं रुपैयाँ जोगियो

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेको एउटा निर्देशनले रौतहटेका जनताको लाखौं रुपैयाँ जोगिने देखिएको छ।

एसपी घिमिरेले एक महिनाअघि गरीब विपन्नको लागि निःशुल्क ठाडो निवेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका थिए।

गत माघ १२ गते जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरूका प्रमुखलाई गरीब विपन्नको निवेदन लेखिदिने व्यवस्था गरिदिन एसपी घिमिरेले निर्देशन दिएका थिए।

जिल्ला प्रहरी कार्यालयलगायत मातहतका सम्पूर्ण प्रहरी इकाइ कार्यालयहरूमा गरीब विपन्नको लागि निःशुल्क निवेदन लेखिने व्यवस्था गरेको मात्र एक महिनाको अवधिमा जिल्ला भरीमा ४२६ जना लाभान्वित भएको एसपी घिमिरेले बताएका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा ९१ , इलाका प्रहरी कार्यालय गरुडामा ५५, जिल्ला प्रहरी कार्यालयमा २९, इलाका प्रहरी कार्यालय मौलापुरमा २० लगायत जिल्लाका सम्पूर्ण प्रहरी कार्यालयमा प्रहरीले कुल २३४ जना पीडितको निःशुल्क निवेदन लेखेको र प्रहरीले निःशुल्क दिएको फर्म्याटमा १९२ जना निवेदक स्वयंले लेखेको एसपी घिमिरेले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कटहरियालगायत जिल्लाको प्रायः सबैजसो चौकी आसपास केही व्यक्तिले सानो निवेदन, ठाडो उजुरी लेखेबापत गरीब विपन्नसँग ३०० देखि ७०० रुपैयाँसम्म लिने गरेका थिए।

यसरी सरदर ५०० रुपैयाँको दरले एक महिनाको निवेदन लेखाएबापत रौतहटबासीको २ लाख १३ हजार रुपैयाँ एसपी घिमिरेको एउटै निर्देशनले जोगिएको देखिएको छ।

यसैलाई आधार मानेर एक वर्षको हिसाब गर्दा प्रहरीको निवेदन लेखाइबाट मात्र जिल्लाबासीको २५ लाख रुपैयाँ भन्दाबढी जोगिन्छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार एसपी घिमिरेको निर्देशनमा ठाडो उजुरी निवेदनको लागि एउटा ढाँचा तयार गरेर गत माघ ११ गते राति जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाइएको थियो । साेही ढाँचा प्रिन्ट गराएर प्रहरीले पीडितलाई दिइने गरिएको छ। पढेलेखेका भएमा आफैं भरेर बुझाउने र नभए प्रहरीले प्रहरीले भरेर दिन्छ। ढाँचा ठाडो उजुरी निवेदनसरह हुने इन्स्पेक्टर उमाशंकरप्रसादले जानकारी दिए।

यसरी लेखिने निवेदनकै आधारमा प्रहरीले प्रारम्भिक कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अब रौतहटको सम्पूर्ण प्रहरी कार्यालयहरूमा प्रहरी स्वयंले निःशुल्क निवेदन लेख्न थालेपछि दर्जनौं लेखनादासको पसल बन्द भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।