ओखलढुंगाका राईको शव सुकेधारा धोबीखोला करिडोर नजिक फेला

काठमाडौ । काठमाडौंमा एक पुरूषको शव भेटिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा सुकेधारा धोबीखोला करिडोर नजिक शव भेटिएको हो।

उक्त शव ओखलढुङ्गा घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ५० वर्षीय अड्विर राई भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनको शव बुधबार साँझ सवा ८ बजे फेला परेको हो।

फोहोरको थुप्रोले पुरेको अवस्थामा शव फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो। तत्काल डिएसपीको कमान्डमा खटिएको टोलीले म्याट्रेस, सिरानी, झोला, फोहोर कपडालगायत थुपारिरहेको ठाउँमा उनको शव भेटेको एसपी बोहोराले बताए।

‘मृतकले लगाएको कपडा खोली हेर्दा टाउको, निधार र नाकमा धारिलो हतियारले चोट लागेको देखिएको छ,’ एसपी बोहोराले भने।

उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी बोहोराले जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।