दशकौं पछि यो बर्ष उठेन विस्का जात्राको लिंगो

भक्तपुर, १ बैशाख । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने ५५ हात लामो लिंगो आइतबार उठाउन असफल भएको छ ।

 

भेलुखेल ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि ल्योसिद्यो (लिंगो) उठाउन सफल नभएको हो ।

 

 राति १ बजेसम्म पनि आधी मात्रै उठन सफल भएको थियो । नउठेको लिंगोलाई आज भए पनि उठाई आजै ढाल्ने परम्परा छ ।

 

आज दिउँसै उठाउन सफल भए पनि ढाल्न भने साँंझ मात्रै ढालिने परम्परा छ । दसकपछि यो वर्ष लिंगो उठाउन असफल भएको हो ।

 

यसअघिका वर्ष पनि कुनैकुनै बेला निर्धारित दिनमा लिंगो उठाउन नसकेको इतिहास छ । ५५ हात लामो अनि ठूलो भएका कारण लिंगो उठाउन सयौं युवालाई पनि घण्टौ लाग्ने गर्दछ ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।