रूबी साह हत्या प्रकरण: मुख्य आरोपी जलेको अवस्थामा पक्राउ,हत्या प्रकरणको पृष्ठभूमि

सञ्जय मिश्रा  /रौतहट, ११ भदौ। रौतहटको सबैभन्दा चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्।

 

माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको हो। उनका टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ।

 

हाल उनको अवस्था गम्भीर भए पनि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।

हत्या प्रकरणको पृष्ठभूमि

 

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो।

अनुसन्धानबाट खुलेको प्रारम्भिक विवरण अनुसार, पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा सार्ने प्रयास गरेका थिए। तर, इ–रिक्सा बिग्रिएपछि सुटकेस त्यही छाडेर भागेका थिए।

 

प्रहरीले ५०० रुपैयाँमा भाडामा गएका रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपी पासवानसम्न पुगेको हो।

 

रुबी साहको पारिवारिक पृष्ठभूमि
मृतक रुबी साह हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्।
उनी माधवनारायण–६, मधोपुरकी सुनिच्छा देवीकी छोरी हुन्।

 

रुबीको विवाह भारत, बिहार, मुजफ्फरपुरका शिवकुमार साहसँग भएको थियो। उनको ४ वर्षको एक छोरा रहेको छ।

 

सामाजिक तथा मनोवैज्ञानिक पक्ष
यो घटना केवल एउटा आपराधिक मुद्दा मात्र नभई समाजको संवेदनशील पारिवारिक र व्यक्तिगत सम्बन्धसँग जोडिएको अपराध हो।

 

प्रारम्भिक सूचनाअनुसार रुबी र पासवानबीच प्रेम सम्बन्ध रहेको भनिए पनि यसबारे आधिकारिक प्रमाण अझै पुष्टि भएको छैन।

सम्बन्धमा विग्रिएको मनोविज्ञान र आवेगले अपराधलाई जन्म दिएको आशंका गरिएको छ।

घटनाले सामाजिक संरचना र महिला सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ।
रुबी साह हत्या प्रकरणले रौतहट मात्र नभई देशभर चासो पाएको छ।

 

पारिवारिक जिम्मेवारी, असुरक्षा, अविश्वास र आवेगात्मक निर्णयले समाजमा कस्तो विनाशकारी रूप लिन सक्छ भन्ने उदाहरण यस घटनाले देखाएको छ।
हाल प्रहरी अनुसन्धान जारी छ र मुख्य आरोपी उपचारपछि प्रत्यक्ष बयान दिन सक्ने अवस्थामा पुगेपछि घटना अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।