धनकुटामा १८ औँ सहिद भीमनारायण गोल्डकप सुरु, उद्घाटन खेलमा सहलेसको जित

धनकुटा । धनकुटाको तल्लो टुँडिखेलमा १८ औँ शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगिता हिजोबाट सुरु भएको छ । लामो इतिहास बोकेको प्रतियोगिताको उद्घाटन खेलमा सिराहाको सहलेस युवा क्लब विजयी भएको छ ।

उद्घाटन खेलमा सहलेसले राष्ट्रिय जागृति फुटबल क्लब इटहरीलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो ।

सहलेसका लागि दिवाकर चौधरी, फागुराम थारु, डेबिट टो मेसी र सुजन डंगोलले गोल गरे । रोमन भुजेलको प्रहार भने पोस्ट बाहिरिएको थियो । इटहरीका तर्फबाट निवास फुयाल, दोर्जे तामाङ र केल्भिनले गोल गरे भने सुजन चौधरीको प्रहार पोस्ट बाहिरियो । ओलाबी फिजको प्रहार सहलेसका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।

यस वर्ष प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा एक लाख रुपैयाँ वृद्धि गरिएको आयोजकले जनाएको छ । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली ले गर्नुभएको थियो । २०३५ साल माघ २६ गते कोशी टप्पु क्षेत्रमा राज्यद्वारा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालदेखि प्रतियोगिता आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।