विवाहको दिन बेपत्ता भएका बेहुलाका बारेमा प्रहरीद्वारा तथ्य सार्वजनिक, यस्तो रहेछ रहस्य

परासी । विवाहको दिन बेपत्ता भएका बेहुलाको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धानको तत्थ्य सार्वजनिक गरेको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल माघ २२ गते रातिदेखि बेपत्ता भएका थिए । २२ गते नै विवाहको मिति तय भएकोमा एकाएक बेपत्ता भएका बेहुलाका वारेमा भएको अनुसन्धानको तत्थ्य शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा अपहरणमा परेको आशंका गरिएका बेहुला बालकृष्ण खरेल अपहरणमा नपरेको र आफूखुशी घर छाडेर गएको देखिएको जनाएको छ ।

परिवारले बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन दिएपश्चात अनुसन्धानमा लागेको प्रहरीको टोलीले बालकृष्णको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दा भारतमा देखिएको र त्यही लोकेसनको आधारमा उनका बारेमा थप तथ्यहरु पत्ता लागेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीका अनुसार बालकृष्णले संचालन गरेको फेसबुकको आधारमा भारतमा रहेको देखिएपछि भारतीय प्रहरीको सहायतामा अनुसन्धान थालिएको थियो ।

त्यसै क्रममा बालकृष्ण सुन्दर गेष्ट हाउस गोरखपुरमा गई माघ ७ गतेदेखि माघ २७ गतेसम्म एक्लै बसेको होटलको रजिष्टर रेकर्डमा देखिएको छ । होटलमा राखिएको परिचयपत्रको फोटोकपी, होटलवाला र कामदारको भनाई र सिसिटिभी फुटेजको आधारमा समेत उनी त्यहाँ बसेको प्रमाणित भएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो । होटलमा एक्लै बसेकाले बालकृष्ण अपहरणमा परेको नदेखिएको समेत उहाँले बताउनुभयो ।

युवतीलाई फेसबुकमा आँफै लेखे म्यासेज

बालकृष्णले आफूले विवाह गर्न लागेकी युवतीलाई समेत फेसबुकमार्फत म्यासेज पठाए पछि उनी अपहरणमा नपरी आफै घर छाडी भागेको थप पुष्टि भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको भनिएको केही दिनपछि उनले विवाह गर्न लागेकी यवतीलाई फेसबुकमा म्यासेज पठाएका थिए । बालकृष्णले म्यासेजमा ‘सायद गडको चाहना नै यही थियो कि म तिम्रो लायक थिइन, सो आई कान्ट से सरी, बट आई एम रिएली सरी, म तिम्रो लागि सरी भन्न त सक्छु, माफी लायक छैन’ भन्दै पठाएको पाइएको प्रहरीले जनाएको छ ।

यसबीचमा उनले सन्तोष भन्ने साथीलाई ‘मिसन फर समथिङ न्यु ईज फिनिस्ड, होप आई एम नट एक्सक्युज पर्सन बट सरी फर अल, आई एम सो सो सरी’ लेखेर म्यासेज गरेको देखिएकाले बालकृष्ण आफूखुशी घर छाडेर गएको देखिएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।