बम आक्रमण बाट देब्रे खुट्टा गुमाएकी मीरालाई बेल्जियमबाट दुई लाख नगद सहयोग

काठमाडौँ । नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपालमा बम आक्रमणमा परी घाइते भएकी नेतृलाई आर्थिक सहयोग गरेको छ।

प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनको समयमा चुनावी मैदानमा अज्ञात समुहको बम आक्रमणबाट घाइते भएकी नेपाल बिद्यार्थी संघकी केन्द्रीय सदस्य तथा युवा नेतृ मीरा कटुवाललाई जनसम्पर्क समिति बेल्जियमले दुई लाख नगद आर्थिक सहयोग प्रदान गरेको हो। बम आक्रमणमा कटुवालले देब्रे खुट्टा नै गुमाउनु परेको थियो।

शिक्षालगायत केही कुरामा राहत मिलोस भन्ने अभिप्रायले नेपाली जनसम्पर्क समिती बेल्जियमले आर्थिक सहयोग संकलन गरी बिहीबार एक कार्यक्रमकाबीच सहयोग हस्तान्तरण गरेको हो।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नव निर्वाचित राष्ट्रीय सभा सदस्य सुरेन्द्र पाण्डे, नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको विशेष उपस्थितीमा हाल नेपालमा रहेका नेपाली जनसम्पर्क समिति बेल्जियमका तर्फबाट उल्का घिमिरे, राजेन्द्र पौडेल र बिजय मल्ललगायतले नेतृ कटुवाललाई सहयोग रकम हस्तान्तरण गरेका थिए। डिसीनेपालमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।