आज देशैभरि हल्कादेखि मध्यम वर्षा हुने

काठमाडाैँ, २४ जेठ । केही दिनयता नेपालमा निरन्तर वर्षा भइरहेकाे छ । स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा बनेको “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापीय वायुको प्रभाव रहेकोले नेपालमा चिसाे बढ्नुका साथै झरी परिरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा भइरहेकाे छ । प्रदेश १, गण्डकी प्रदेश, सु.प प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेकाे छ भने प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

शनिबार दिउँसो पनि अधिकांश ठाउँमा वर्षा भइरहनेछ । प्रदेश १ र २ तथा बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहने महाशाखाकाे पूर्वानुमान छ । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पनि प्रदेश १ र बागमती प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहने जनाइएकाे छ । प्रदेश १ र बागमती प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ समेत पर्ने तथा उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।