दुबईबाट रित्तै फर्किएका भन्छन् : आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुसी छौँ

रमेश गिरी/काठमाडौं, जेठ २४ । राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी। सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो।

संयुक्त अरब इमिरेट्स (युएई)बाट एयर अरबियाको जी ९ः१७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१ नेपाली राति ८ बजे भक्तपुरका दुई होल्डिङ सेन्टरमा ल्याएको थियो। दुबईबाट फर्किएकामध्ये प्रदेश १ का ४१ इम्पिरियरमा र प्रदेश नं २ का २० नागरिक हेरिटेजस्थित नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा आएपछि जब बसबाट उनीहरु झर्दैै थिए, उनीहरुको मुहारमा थोरै खुशी धेरै पी,डा देखिन्थ्यो।

एकाध व्यक्तिको हातमा मात्रै सुटकेश थिए, आउनेमध्ये अधिकांशको हातमा एउटा सानो झोलाबाहेक केही थिएन। रित्तै हात आउने कतिपयको खुट्टामा चप्पल, आङमा पुरानो टिसर्ट र हाफ पाइन्टमात्रै थियो। लाग्थ्यो उनीहरु विदेशबाट होइन, कतै कारखानामा म,जदुरी गरेर फर्किरहेका छन्।

दुबईबाट ११ महिनामा स्वदेश फर्किएका बाराका अशोक सहनीले आठ महिना पनि राम्रोसँग काम गर्न पाएनन्। विदेश जाँदा लिएको ऋ,ण जिउँदै छ, आमा, श्रीमती, तीन छोराछोरीको सपना दुबईमै सेलाएर उनी रित्तै हात फर्किए। कारोना भा,इरस (कोभिड–१९) को म,हामारी फैलिएसँगै तीन महिना बेरोजगार बस्नुपर्दाको तलब पनि पाएनन्। एक महिना खाना दिएको कम्पनीले त्यसपछि छाडेर जान ताकेता ग¥यो।

नेपाल फर्कने टिकटसम्म लिने पैसा बल्ल जोहो गर्न सक्नुभयोे, लिएर आए त केवल सिंगो शरीर। सहनी भन्छन्, ‘धेरै सपना बोकेर गएको थिएँ, ऋ,ण तिरौँला, आमा, श्रीमती र सन्तानलाई नयाँ लुगा ल्यादिउँला, तर फर्किंदा रित्तो ज्यान लिएर आएको छु, आफ्नै देशमा फर्किन पाएँ, यसैमा आफूलाई भाग्यमानी ठानेको छु।’

सप्तरी कञ्चनपुरकी सीतादेवी सतारको दुःख पनि कम छैन। घरमा छोराछोरी सासूको जिम्मेवारी श्रीमान्लाई सुम्पिएर नौ महिनाअघि दुबई पुगेकी उनी एउटा घरमा काम गरे। विदेश जाँदा देखेका सारा सपना एउटा प्लाष्टिकको झोलामा पोको पारेर फर्किएकी उनी कोरोनाको क,हरसँगै दुई महिना जे,लमा बस्नु प¥यो। ‘सात महिनामात्रै काम गरेँ, कोरोना फैलिएपछि घर मालिकले ज,बर्जस्ती कामबाट निकालिदिए, कामबाट ननिकाल्न अनुरोध गर्दा जे,ल पठाइदिए’, उनले भने, ‘मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि पाउन्न भन्ने लागेको थियो, त्यहाँको सरकारले जे,लबाट झिकेर नेपाल पठाइदियो, अब त बाँचियो, आफ्नै देशमा आएँ।’

सर्लाही बागमतीका युवराज स्याङ्तान दुबई पुगेको छ महिनामात्रै भयो। एक कम्पनीमा हेल्परको काम गर्ने उनले जम्मा तीन महिना काम गर्न पाए। ऋ,ण तिर्न त कहाँ हो कहाँ, तीन महिना काम गरेको पैसाले रो,जगारी गुमेको तीन महिना खान र प्लेन भाडामात्रै पुगेको बताए। ‘सरकारले कहिले फर्काउला भनेर निकै कु¥यौँ, दूतावास धायौँ, कयौँ फोन ग¥यौँ, बल्ल आफ्नो देश टेक्न पाउँदा उताको सबै दुःख भुलेर खुशी भएको छु, परिवार पनि बल्ल खुशी भए, ज्यान रहे ऋण त तिरौँला नि’, उनी खुसी र हिम्मतसँगै व्यक्त गरे।

दुई वर्षअघि दुबई पुगेका बारा कलैयाका जीतेन्द्र सहनी कोरोना भा,इरसका कारण डेढ महिनादेखि कामविहीन बनेका थिए। त्यहाँ हेल्परको काम गरेका सहनीलाई कोरोनाको ,महामारीले कम्पनी बन्द भएसँगै निकाल्यो।

‘कम्पनी छाडेर जा, जहाँसुकै जा, कि अरु कम्पनी खोजेर भए पनि जा भनेर निकै दुःख दियो, यस्तो बेलामा कुन कम्पनीले काम लाउँथ्यो र’ उनी भन्छन्, ‘कति नेपाली सडकमा परेका छन्, कतिले खान पाएका छैनन्, नेपाल फर्कने बाटो कुरेर बसेका छन्, बल्लतल्ल म आफ्नो देश आएँ, अब त मरे पनि बाँचे पनि आफ्नै माटोमा आएँ, धेरै खुशी भाएको छु।’

नेपाल आउँदा आफैँले भाडा तिरेर आएका उनी पेटभरि खानसमेत नपाएको बताउछन्। ‘त्यहाँ कयौँ नेपालीले पेटभरि खान पाएका छैनन्, कयौँ अलपत्र छन्’, घरमा आमा, श्रीमतीसहित चार सन्तानले पर्खिरहेको बताउँदै उनी भने, ‘युएइको १५५० रुपैयाँ जहाज भाडा तिरेर म फर्किएँ, गोजीमा उताको १० रुपैयाँ बाँकी छ, कयौँ नेपालीसँग जहाज भाडा तिर्ने पैसा पनि छैन, उनीहरु कसरी फर्कन्छन् खै?, आज आफ्नै देशमा आउन पाएँ, धेरै खुशी भएको छु।’

खाडी मुलुकबाट नेपाल फर्कने सबैको दुःख उस्तै थियो। धनुषा जनकपुरका हरिकिशोर चौधरी दुबई गएको पाँच महिनामात्रै काम गर्न पाए। त्यसपछि कोरोनाले काम बन्द भयो, आठ महिनाको बसाइँमा तीन महिना कामविहीन भएर अलपत्र परेँ। उनी भन्छन्, ‘दुई वर्षको भिसा छ, पाँच महिनामात्रै काम गरेँ, जाँदा लिएको ऋण पनि तिर्न पाइनँ, युएईको १८५० रुपैयाँ जहाज भाडा तिरेर फर्किएँ, नेपाल आउन लागेको खबरले परिवार पनि धेरै खुशी छन्, सकुशल नेपाल फर्किन पाएँ, यसैमा धेरै खुशी लागेको छ।

भक्तपुरका दुई होल्डिङ सेन्टरमा रहेका प्रदेश १ र २ का उनीहरुको व्यक्तिगत विवरण लिने, तापक्रम नाप्ने कार्यमा नेपाली सेना वीरदल गण खटिएको थियो। उनीहरुलाई खाना खुवाएर एक घण्टाभन्दा बढी विश्राम गराएर राति १०ः४० मा प्रदेश पठाएको गणका गणपति एवं कर्नेल शिवप्रसाद पौडेलले जानकारी दिए। यातायात व्यवसायी महासंघको दुईवटा बसमा हालेर उनीहरुलाई प्रदेश पठाएको थियो। शुक्रबार युएईबाट एक शिशुसहित १५५ पुरुष र १३ महिला गरी १६८ जना नेपाली कामदारलाई सरकारले उद्धार गरेर नेपाल ल्याएको थियो। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।